काठमाडौं : निर्वाचन आयोगले माघ ११ गने हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगको आइतबार बसेको बैठकले माघ २ देखि १२ गतेसम्मका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
माघ ११ गते राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि निर्वाचन हुँदैछ।
आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ र निर्वाचन आचारसंहिता,२०७९ को दफा १ को उपदफा (२) अनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको हो।