काठमाडौं । व्यवसायी अरुण चौधरीसहितलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालासले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुन भने ठाकुर सीजी अन्तर्गतको चाँदबागका अध्यक्ष हुन् ।
उनलाई भोलि अदालतमा उपस्थित गराउने प्रहरी तयारी छ ।