३ भदौ २०८३, बुधबार 1787168327
Banner

ललितपुरमा भएको आगलागीमा परि मृत्यु भएका पुरुषको अझै पहिचान भएन

काठमाडौँ। ललितपुरको ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित सिक्मा मेटल इन्टेक्समा आज बिहान भएको आगलागीमा परेर मृत्यु भएका एक जना पुरुषको अझै पहिचान हुन सकेको छैन । उक्त आगलागिमा परि एक जना पुरुष जलेको अवस्थामा फेला परेकाले शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ र

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।