१८ असार २०८३, बिहिबार 1782988962
Banner

बुद्धचित्तको बोट काटेको आरोपमा माला ब्यापारी पक्राउ


बनेपा। रोशी गाउँपालिका–५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको बोट काटेको आरोपमा माला ब्यापारी सिजन भनिने मानबहादुर लामा पक्राउ परेका छन् । काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले अनुसन्धानका क्रममा सिजनलाई पक्राउ गरिएको पुष्टि गरिन् । तर, संलग्नता पुष्टि भइनसकेको जनाइन् । प्रहरीले उनलाई पक्राउ गरेको र उनी विरुद्ध जाहेरीको तयारी भइरहेको अर्का ब्यापारी समिक त्रिपाठीले जानकारी दिए । त्रिपाठीले रुख मानबहादुरकै समूहले काटेको हुनसक्ने बताए ।

त्रिपाठी र मानबहादुर यस अघिका माला कारोबारका पार्टनर हुन् । उनीहरुको अघिल्लो वर्षको माला लुटेको विषयमा परेको मुद्दा विचाराधिन छ । समिकले पैसा र माला दुबै लिएको र संझौता विपरित अर्कैलाई बेचेर रकम कुम्लयाएको मानबहादुरको आरोप थियो । अघिल्लो वर्ष गरेको लगानी पनि फिर्ता नभएको र यो वर्ष पनि अर्कैसँग मिलेर माला किनबेच भएसँगैको रिसिबीले मालाको बोट काटिएको हुनसक्ने आशंका छ ।

गएराती अन्दाजी ०१ः ०० बजेको समयमा समुहमा आएका १५र२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका थिए । उनिहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेको पाइएको थियो । उक्र काटिएको रुख ठकुरानी तामाङको रहेको खुलेको छ । काटिएको रुख नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेटसमेत फेला परेको थियो ।