१ जेष्ठ २०८३, शुक्रबार 1778896872
समाचार

ग्लोबल आइएमईले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा रु.५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।

पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा रु.५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ।  

योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। 

यो योजना जुन १० सम्म लागू रहनेछ। ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिने बताइएको छ। 

ग्लोबल आइएमई बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन्। 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।