६ मंसिर २०८१, बिहिबार 1732243152
Banner

काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिरहेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गर्नुभएकाे  छ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको विषयमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गर्नुभएकाे हाे ।

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताउनुभएकाे छ । उहाँले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताउनुभयाे ।  

ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको बताउदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताउनुभयाे ।