२८ भदौ २०८३, आइतबार 1789330175
Banner

बुवाको हत्या आरोपमा छोरा पक्राउ

तनहुँ। तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेको आरोप लागेको छ।

म्याग्दे गाउँपालिका–६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका–९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो।

धारिलो हतियार प्रहार गरी हत्या गरेको, उक्त घटनामा संलग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिनुभयो।