१४ श्रावण २०८३, बिहिबार 1785405995
Uncategorized

भारतीय दूतावासद्वारा विद्यालयलाई बस सहयोग

कालीकोट । भारतीय दूतावासले कालीकोटको एक विद्यालयलाई बस सहयोग गरेको छ। जिल्लाको खाँडाचक्र नगरपालिका ८ मा रहेको जनप्रभात माविलाई दूतावासले बस सहयोग गरेको हो। विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले अब केही समयमै बस सेवा सञ्चालन हुने बताए।

उनले भने, ‘दूतावासले बस विद्यालयलाई हस्तान्तरण गरे लगत्तै आफूले बस ल्याएर कालीकोट पुगेको छु। बसको पूजापाठ गरिसकेपछि, नियमित रुपमा तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिका भित्रका अन्य वडाबाट रहेका विद्यार्थीलाई बसमार्फत सेवा दिनेछौं। दूतावासमार्फत बस सहयोग पाउने सामुदायिक विद्यालय मध्ये जनप्रभात मावि पहिलो विद्यालय भएको छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनजय अधिकारीले दुर्गमको आवाज भारतीय दूतावासले सुनेको बताए। उनले भने, ‘गाउँमा घण्टौ लगाएर विद्यालय जानुपर्ने बाध्यता अझै कायम छ। विकट गाउँका विद्यालयको पिर मर्का बुझेर भारतीय दूतावासले बस प्रदान गरेको छ।’