३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:09 pm
Banner

सन्दीपलाई फेरि अमेरिकाले दिएन भिसा

सूचना प्रेस २०८१ जेष्ठ १७ बिहिबार ००:००, १८:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेकिारले भिसा दिन अस्वीकार गरेको छ ।

टी-ट्वेन्टी विश्वकपका लागि अमेरिका जाने तयारीमा रहनुभएका सन्दीपलाई यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । भिसा दिन अस्वीकार गरेपछि जनस्तरबाट चर्को दवाब साथै सरकारले पनि सन्दीपलाई अमेरिका पठाउन पहल गरेको थियो ।

जसअनुसार सन्दीपलाई आज अमेरिकी दूतावासले अन्तवार्ताका लागि डाकेको थियो । तर यो पटक पनि दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको हो ।

योसँगै सन्दीप टी-ट्वेन्टी विश्वकपका लागि अमेरिका जाने सम्भावना सकिएको छ ।