२९ भदौ २०८३, सोमबार 1789420341
Uncategorized

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं  ।  प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । 

भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधवारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । 

सङ्घीय  संसद्का महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरिएको छ ।