२८ भदौ २०८३, आइतबार 1789322697
Banner

कोशी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं-कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट पूर्ण इजलासमा ‘हेर्दाहेर्दै’ मा परेको छ। आज (बिहीबार) देखि न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो। अब रिटमाथिको थप सुनुवाइ असार ९ गतेका लागि तोकिएको छ।

कांग्रेसका केदार कार्कीले आफूलाई अपदस्थ गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको गैरसंवैधानिक भन्दै सर्वोच्च पुगेका हुन्। प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २६ गतेभित्र केदारले विश्वासले नलिएको भन्दै नयाँ संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेपछि एमाले र माओवादीका ५२ जना सांसदले हिक्मतलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दाबी गरेका थिए ।