१८ असार २०८३, बिहिबार 1783030973
Banner

माटोको ढिस्कोले पुरिएर तीन मजदूरको मृत्यु

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए । पुरिएकामध्ये कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहामगर, खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको मृत्यु भएको हो ।

ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थियो भने एक जना माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।