२७ जेष्ठ २०८३, बुधबार 1781129090
Banner

इरानको अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

एजेन्सी । इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मङ्गलबार कम्तीमा नौ जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ।

घेम अस्पतालमा सोमबार १: ३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ ।

“दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो“, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भन्नुभयो ।

रिपोर्टका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो । नोभेम्बर २०२३ मा गिलान प्रान्तको लङ्गारुड सहरको लागुऔषध पुनर्वसन केन्द्रमा ठूलो आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो।

जुन २०२० मा उत्तरी तेहरानको एउटा क्लिनिकमा ग्याँस पड्केर भएको शक्तिशाली विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।