२८ भदौ २०८३, आइतबार 1789339541
समाचार

फेवातालमा डुबेर एक जनाको मृत्यु

कास्की- माछा मार्ने क्रममा पर्यटकीय नगरी पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ खपौदी बस्ने वर्ष ३३ का सुकबहादुर मगर हुनुहुन्छ ।

उहाँ बुधबार दिउँसो अन्दाजी साढे चार बजे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा डुब्नुभएको हो । स्थानीयमार्फत घटना थाहा पाए लगत्तै त्यहाँ प्रहरी टोली तथा नेपाली सेना खटिई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षत्रीय अस्पताल पठाईएकोमा चिकित्सले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।