४ आश्विन २०८१, शुक्रबार 1726826933
विश्व

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा ५ सयभन्दा धेरैको मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् । स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरुले झन्डै ५६८ शव संकलन गरेका बीबीसीले जनाएको छ ।

अस्ति मंगलवार एकैदिन १४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधीक गर्मीसँगै बिजुली कटौतीको समस्या रहेको छ ।