३ आश्विन २०८१, बिहिबार 1726777796
Banner

मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज जननेता मदन भण्डारीको ७३औं जन्मजयन्ती । नेपाली राजनीतिमा छोटो समयमा विश्वमा चिनिन सफल भण्डारीको स्मृतिमा मदन भण्डारी फाउण्डेसनले विचार गोष्ठीको आयोजना गरेको छ ।

फाण्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज : राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो । दिउसो १.३० बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा फाण्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनुभयो ।