१३ भदौ २०८३, शनिबार 1788064532
Banner

पोखरामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा पहिरोले घर पुर्दा सातजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

पोखरा १९ पुरनचौरमा पहिरो जाँदा सातजनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुईजनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।