१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 6:15 pm
Banner

३ सय दिनभित्र सुविधासम्पन्न रंगशालाको रूप कीर्तिपुर मैदानलाई दिने सरकारको पहिलो निर्णय

सूचना प्रेस २०८१ असार ३१ सोमबार ००:००, १९:०१ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ ।

आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल सार्वजनिक गरेका हुन् । ‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, सञ्जालमा लेखिएको छ ।