५ आश्विन २०८१, शनिबार 1726925299
Banner

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेलरमट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।