२३ भाद्र २०८१, आइतबार 1725779040
कला/साहित्य

हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई अस्पताल भर्ना गरिएको हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ ।

नाकबाट ब्लड गएपछि उनि विराट नर्सिङ होममा भर्ना भएका थिए ।

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए । उधोगी प्रकाश मुन्दडाले आयोजना गरेको कार्यक्रममा शनिबार महजोडी सहभागी भएका थिए ।

“नाकबाट अचानक रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो,” कलाकार किरण केसीले भने, “अहिले अवस्था सामान्य छ । ठूलो समस्या केही होइन ।”