६ आश्विन २०८१, आइतबार 1727064567
Banner

ललितपुरको इमाडोलमा भासियो सडक

काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ।

बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ।

अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द भएको छ ।