४ आश्विन २०८१, शुक्रबार 1726811371
Banner

टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए ।

‘दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्‍यौँ’, उनले भने, ‘हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्ने छ ।