१४ श्रावण २०८३, बिहिबार 1785403327
Banner

टिआरसी विधेयकले द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले राहत पाउँछन् : महेश बर्तौला

काठमाडौं-नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सशस्त्र द्वन्द्वमा पीडित भएका सुरक्षाकर्मी र उनका परिवारले सरकारबाट राहत पाउने गरी टीआरसी विधेयकमा प्रावधान राखिएको बताउनु भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले राज्यलाई अप्ठ्यारो पर्दा लडेका राष्ट्रसेवक सुरक्षाकर्मी र उनीहरूका परिवारका लागि विशेष राहत सहयोग परिपूरणको व्यवस्था गरिएको बताउनु भयो।

बारुदी सुरुङमा परेकाहरूका लागि विशेष राहत परिपूरणको व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कतिपय व्यक्ति अहिले पनि अंगभंग घाइते अवस्थामा छन्। सशस्त्र द्वन्द्वको समयमा पीडित भएका कोही पनि परिपूरणको हकबाट वञ्चित हुने छैनन् भन्ने व्यवस्था छ। पीडितलाई केन्द्रमा राखिएको छ।’