४ भदौ २०८३, बिहिबार 1787260007
Banner

खोलामा डुबेर दुई बालिकाको मृत्यु

धनुषा । मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयवासीले निकालेका थिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।