४ आश्विन २०८१, शुक्रबार 1726827660
Banner

सहकारी छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशिष समितिको म्याद १५ दिन थप भएको छ ।  प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । 

उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेपछि समितिको म्याद १५ दिन थप भएको हो । प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए । उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको पनि जानकारी दिए । ‘समितिले सार्वजनिक विदाको दिन सहित मध्यरात सम्म काम गरेको छ‚’ उनले भने ।