३ आश्विन २०८१, बिहिबार 1726729369
Banner

गोर्खा मिडियाको सेयर खरिद बिक्रीमा कीर्ते गरिएको संसदीय समितिको ठहर

काठमाडौं । संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीमा कीर्ते गरेको देखाएको छ । समितिले नक्कली कागजात बनाएर भुक्तानी गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीको सेयर खरिद बिक्री गर्दा कानून बमोजिम पेश हुने भुक्तानी साधन र उपकरण कीर्ते कागजातका आधारमा बिक्री गरेको पाइएको समितिले औल्याएको छ । यस्तै समितिले भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न समितिले सरकारलाई सिफारिस गरेको छ ।

समितिले स्वेट सेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन सरकारलाई समितिले सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य सूर्य थापाको नेतृत्वमा बनेको सहकारी छानबिन विशेष संसदीय समितिले तयार पारेको प्रतिनवेदनमा गोरखा मिडिया नेटवर्ककको सेयर खरिदबिक्री गर्दा किर्ते कागजात प्रयोग भएको देखाएको छ ।

गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण गरिएको थियो ।

संसदीय समितिले श्रम गरेवापत प्राप्त स्वेट सेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन सरकारलाई सिफारिस गरेको छ ।