३ आश्विन २०८१, बिहिबार 1726780314
Banner

आफ्नोविरुद्ध तथ्यहीन समाचार आएको भन्दै सीके राउतले दिए तीन ठाउँमा उजुरी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफू विरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् ।

डा. राउत आफू र पत्नी सोनी सिन्धु रानीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै राज्यका तीन निकायमा उजुरी गरेका हुन् । शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।

विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले फिराद पत्रमा लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्‍याएको उनले फिराद पत्रमा लेखेका छन् ।