३ आश्विन २०८१, बिहिबार 1726804193
Banner

सुनको मूल्य घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँ घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको हो ।