६ मंसिर २०८१, बिहिबार 1732204660
समाचार

कात्तिकमा बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

काठमाडौँ । सरकारले  नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई  १३ लाख २० हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको जनाएको छ । विभागले कार्तिकमा  ५२० वटा फर्मको अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ ।