३ आश्विन २०८१, बिहिबार 1726804017
Banner

स्थानीय तह चुनावका लागि ४ हजार जनाले उम्मेदवारी फिर्ता गरे

काठमाडौं : स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको सूचना दिएका हुन्। प्रणालीमा प्रविष्टि गर्न बाँकी नै रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।

आयोगले आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो। आयोगले भोलि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

वैशाख ११ र १२ गते देशभरिका निर्वाचन कार्यालयमा देशभरिबाट १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दर्ता गराएका थिए।