३ आश्विन २०८१, बिहिबार 1726783297
Banner

सिन्धुलीमा जिप दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।

दुर्घटनामा कमलामाई नगरपालिका –७ का ३० वर्षीया रुपा मगर, तीनपाटन गाउँपालिका–९ आम्बोटेका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र ४५ वर्षीय तुलसीराम पहाडीको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

घाइते सबैलाई स्थानीय बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ।

सिन्धुली माडीबाट चकमके जाँदै गरेको बागमती प्रदेश ०१– ०२५ च ०४५६ नम्बरको बोलेरो तीनपाटन गाउँपालिका ५ को नक्कलेमा आज साँझ दुर्घटना भएको थियो।