१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 12:33 am
समाचार

ललितपुर महानगर सदस्यमा एमालेबाट सुचिना निर्विरोध

सूचना प्रेस २०७९ बैशाख १७ शनिबार ००:००, १३:२० बजे १ मिनेट पढाइ

ललितपुर – स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका– ११ को दलित महिला सदस्यमा एमालेकी सुचिना परियार निर्विरोध हुनुभएको छ ।

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जन र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ ।

एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले खुसी व्यक्त गर्नुभयो ।

संविधानले एक वडा, एक दलित महिला सदस्य अनिवार्य गरेको छ ।