२२ आश्विन २०८३, बिहिबार 11:08 am
Banner

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह्र प्रदान: बालेनले पाए ‘लौरो’

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।

आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनीहरुलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो।स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथबादी पार्टीबाट उम्मेदवारी दिएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाएका छन् ।
महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अमोत महर्जनले पुतली, दिपक सिलवालले रिक्सा, निमकान्त पाण्डेले घण्टाघर, सुमन सायमीले आखीझयाल चुनाव चिन्ह्र पाए । मेयरमा उम्मेदवारी पाएकी ज्ञानु लामाले लालटिन चिन्ह्र पाएकी छन् ।