काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टी शान्तिप”र्ण राजनीतिमा आएपछि केही मुद्दा फिर्ता भइसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा सचिव सापकोटाले यस्तो बताएका हुन् । सरकारले केही नेपाल ऐन संसोधन विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने उल्लेख छ ।
यो प्रस्ताव सिके राउत र विप्लवसंग तत्कालीन सरकारले सहमति गरेकै आधारमा ल्याइएको कानून सचिव सापकोटाले बताए । छुट्टै ऐन ल्याउने कि केही नेपाल ऐनमार्फत ल्याउने भन्ने त्यसबेला पनि चलेको र केही नेपाल ऐनमार्फत ल्याइएको उनले बताए । यसबीचमा सरकारले दुवै दलको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिइसकेको सचिव सापकोटाले बताए । …जनमत पार्टी र विप्लवको पार्टीको फिर्ता लिन मिल्ने मुद्दा फिर्ता भइसकेको छÚ, उनले समिति बैठकमा भने । अन्य मुद्दाका सम्बन्धमा गृहकार्य आवश्यक रहेको र त्यसमध्ये कतिपयको अदालतबाटै टुंगो लागिसकेको उनले बताए । यो पृष्ठभूमिमा सरकारले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिन तयार भएको उनले बताए । आवश्यक परे छुट्टै ऐन लाउन सकिने उनले बताए ।