बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही आउँदै छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार यहाँ आउन लागेका हुन् ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले मंगलबार भैरहवा आउने र बुधबार अदालतमा जाने जानकारी दिए । उनले भने, ‘हामी उहाँको स्वागतका लागि विमानस्थलमा छौँ । उहाँ आज बाहिर बस्नु हुन्छ र भोलि अदालत जानुहुन्छ ।’ बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।