१२ श्रावण २०८३, मंगलबार 1785274946
अर्थ

शिवम् सिमेन्ट ‘अवार्डस फर कर्पोरेट एक्सिलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ’ क्याटागोरीबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स कम्पनी ‘अवार्डस फर कर्पोरेट एक्सिलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ’ क्याटागोरीबाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालद्वारा आयोजित द एचआरएम अवार्डस फर कर्पोरेट एक्सिलेन्स कार्यक्रम मार्फत सिमेन्ट्सलाई उत्पादनमुलक कम्पनीहरु मध्ये उत्कृष्ठ भएर सम्मानित भएको छ ।

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई ‘अवार्डस फर कर्पोरेट एक्सिलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ’ क्याटागोरी अवार्डबाट सम्मानित गरिएको हो । एनएस क्लिटी अवार्ड २०२९, इनर्जी एन्ड इन्भायरमेन्ट इफिसेन्सी अवार्डस् २०१९, आउटस्ट्यान्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड २०२३ युएई दुबै, माहात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ भारत लगायतका पुरस्कार पाइसकेको छ ।५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।