२७ जेष्ठ २०८३, बुधबार 1781080862
Banner

राप्रपाले बुझायो महानगरले गरेको एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले राप्रपा जरिवाना बुझाएको जानकारी दिएका छन् ।