काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । ५ चैतमा विवाद भएपछि यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो । ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ’, अमृत साइन्स क्याम्पसक्रा प्रमुख होमबहादुर बानियाँले भने । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए । बिहान ८ बजेदेखि मतदान जारी छ ।
उता पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि मतदान भइरहेको छ । क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइ रहेको छ’, उनले भने । विवाद भएपछि अन्तिम समयमा पृथ्वीनारायण क्याम्पसमा पनि ५ चैतमा मतदान रोकिएको थियो ।


