५ भदौ २०८३, शुक्रबार 1787340663
Banner

प्रतिनिधि सभाको बैठक बस्र्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो।

त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्। यस्तै राष्ट्रियसभाको बैठक पनि आजका लागि बोलाइएको छ।