२७ जेष्ठ २०८३, बुधबार 1781123369
विश्व

मेक्सिकोमा ११ जनाको हत्या

मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको छ।

अभियोजकका अनुासार यी शव मंगलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका हुन्। यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने सङ्गठित अपराध समूहहरू बीचको झडपमा भएको हो।

गुएरेरो मेक्सिकोको दक्षिणी तटमा स्थित छ । यहाँको ६ राज्यले मेक्सिकोका आधा हत्याहरूको जिम्मेवारी लिन्छ, जुन मुख्यतः ड्रग तस्करीसँग जोडिएका छन्।

अक्टोबर महिनामा, यहाँ राज्यको राजधानी चिलपांसिङ्गोका मेयरलाई पदभार सम्हालेको केही दिनमै शिर टुक्राएर मारेको थियो। एजेन्सी