२२ जेष्ठ २०८३, शुक्रबार 1780692931
Banner

वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जमा भड्किएको सामाजिक सद्भाव कायम गर्न गम्भीर बन्नुपर्ने टिप्पणी गरेका छन् । आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगन्जमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भीर बन्नुपर्ने बताएका हुन् ।

देशको आर्थिक राजधानी एवं प्रमुख सहरको जनजीवन दिनदिनै बिग्रँदै गएको भए पनि सरकार मौन बस्नु लज्जास्पद रहेको टिप्पणी साहले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगन्जबाट नेकपा एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानुन मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदीप यादव खानेपानी मन्त्री रहेका छन् ।

संघीय सरकारमा रहेका यी मन्त्री सहित स्वयम प्रधानमन्त्री समेत वीरगंज घटनाप्रति उदासिन हुनु दुखद् भएको बताउादै आजपा अध्यक्ष साहले वीरगन्जमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।