२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:46 am
Banner

रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहितलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सूचना प्रेस २०८२ बैशाख १४ आइतबार ००:००, २१:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईँ लगायतलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले २४ जनालाई थप सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

उनीहरूविरूद्व राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।