३० श्रावण २०८३, शनिबार 1786811272
Uncategorized

निर्वाचनको मितिबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं ।आगामी स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ।

मंगलबार बसेको सत्तारुढ दलहरूको बैठकमा भएको छलफलअनुसार निर्वाचनको मिति तय गर्नेबारे थप छलफल गर्न आज फेरि बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्न लागेको हो । 

आजको बैठकमा स्थानीय तह, प्रदेश सभा तथा सङ्घीय संसद्को निर्वाचनबारे मोटामोटी खाका तयार गर्ने तयारी दलहरूको छ। निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आइरहेको छ।