१६ भदौ २०८३, मंगलबार 1788290047
अर्थ

टाटाको पाँचदिने योजना ‘७.७ डिल्स लाइक नेभर बिफोर’ स्किम सञ्चालनमा, हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही १९ देखि २३ असारसम्म ‘७.७ डिल्स लाइक नेभर बिफोर’ विशेष कार्यक्रम आयोजना गर्दै छ ।

कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका प्यासेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कभ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रमअन्तर्गत ग्राहकहरूलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर (भ्याट), एसेसरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र इम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन १६ जित्ने अवसरसमेत पाउनेछन ।

पाँच दिनसम्म चल्ने यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका आधिकारिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालन हुने बताइएको छ ।