१ भदौ २०८३, सोमबार 1786956195
Banner

नेपाल टेलिकमकी निलम्बित एमडी संगीता पहाडी २ लाख धरौटीमा रिहा

काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिलिङ सिस्टम अपग्रेड गर्ने काममा भ्रष्टाचारको आरोप लागेपछि मंगलबार बिहान पहाडी विशेष अदालतमा उपस्थित भइ बयान दिएकी थिइन्। बयानपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यो आदेश न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासबाट जारी गरिएको हो।

पहाडी सहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन्।