२९ श्रावण २०८३, शुक्रबार 1786702650
कला/साहित्य

अभिनेता राजेश हमाल कर्णालीको ‘ब्रान्ड एम्बेस्डर’

साउन ३ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले अभिनेता राजेश हमाललाई  आफ्नो ‘ब्रान्ड एम्बेस्डर’को रूपमा अनुबन्धित गरेको छ । 

कर्णाली यसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो ।  

कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई  आफ्नो ‘ब्रान्ड एम्बेस्डर’को रूपमा पाउनु गौरवको कुरा भएको बताउनुभयो। हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीलाई हौसला प्रदान गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभएको छ । 

कर्णाली यसभिएसले बिहीबार मात्रै प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी २० गतेदेखि २८ गतेसम्म हुने छ।