काठमाडौँ । कीर्तिपुरको बाघ भैरव जात्रा भदौ महिनाको पहिलो दिन मनाइन्छ। यस दिन बाघ भैरवको मूर्ति कीर्तिपुरको विभिन्न स्थानमा घुमाइन्छ ।
जहाँ परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ। श्रद्धालुहरूले बाघ भैरव मन्दिरको १०८ पटक घुम्दा सफलता र स्वास्थ्यको आशीर्वाद पाइने विश्वास छ।
नेपाल संवत् २४३ कालिन शिवदेव द्धितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाई केन्द्र बनाइ पश्चिममा शैव देवता रहने गरी शिवरत र पूर्वमा बौद्ध देवीदेवताको मात्र बाहुल्य रहने गरी देवरत क्षेत्र व्यवस्थित रूपमा बसाएको इतिहास पाइन्छ ।


