काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संघीयता नक्कली रहेको टिप्पणी गरेका छन्। सदिऔँदेखि पछाडि पारिएको समुदायले अपनत्व गर्न नसक्ने र सुशासनको प्रत्याभूत गर्न नसक्ने संघीयता वास्तविक संघीयता हुन नसक्ने यादवले बताए।
संसारका विकसित देशहरू संघीयताकै कारण फड्को मारेको बताउँदै उनले भारत अमेरिका, क्यानडा, स्वीजरल्यान्डजस्ता देश शक्तिशाली हुँदै जानुमा संघीयताकै उपज रहेको बताए।
देशलाई प्रगतिको बाटोमा लैजान विविधतालाई स्वीकार गर्न सक्ने र सबैले अपनत्व महसुस गर्ने वास्तविक संघीयता कार्यान्वयन जरुरी रहेको पनि अध्यक्ष यादवले बताए।


