५ आश्विन २०८१, शनिबार 1726943315
Banner

मोरङको रंगेलीमा एमाले विजयी

विराटनगर – मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल पुन: निर्वाचित हुनु भएको छ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित हुनु भएको हो। उहाँ स्थानीय तह निर्वाचनअघि एमालेमा प्रवेश गर्नु भएको थियो । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गर्नु भएको हो ।

अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी हुँदा कांग्रेस उम्मेदवार घिमिरेले नौ हजार ६१ मत प्राप्त गर्नु भयो । २०७४ सालमा पनि अग्रवाल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार घिमिरे दोस्रो बनेका थिए ।

रंगेलीको उपप्रमुखमा पनि एमाले उम्मेदवार भुमाकुमारी पराजुली निर्वाचित हुनु भएको छ । उहाँले ११ हजार ७९० मत पाउनु भयो । जसपा उम्मेदवार पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गर्नु भयो ।