२ असार २०८३, मंगलबार 1781616588
Uncategorized

शुशिला कार्कीको डरले केपी ओली भाग्दैन : एमाले अध्यक्ष ओली

भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री भएकोले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताउनु भएको छ।

भक्तपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसद् भग गर्न पाउनु पर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उहाँको नियतमै खोट रहेको बताउनुभयो।

‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन। जो संसद् विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री हुनुभयो उहाँबाट लोकतन्त्रको रक्षा हुने कुरा कल्पना गर्नु हुँदैन।’

अध्यक्ष ओलीले वर्तमान सरकार सडकमा तमासा देखाउन उद्धत रहेको बताउनुभएको छ। कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उहाँले चुनौती दिनुभएको छ।

‘यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली। सुशीला कार्कीको डरले भाछ केपी ओली ?’ उहाँले भन्नुभयो। उहाँले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताउनुभयो।